निर्माताहरू सिनेमा रिलिज गर्न डराइरहेका बेला अनमोल र सुहाना अभिनित ‘ए मेरो हजुर ४’यो मितिमा हुने भयो रिलिज — OSNepal

निर्माताहरू सिनेमा रिलिज गर्न डराइरहेका बेला अनमोल र सुहाना अभिनित ‘ए मेरो हजुर ४’यो मितिमा हुने भयो रिलिज

LC (KTM) September 10, 2021 0

काठमाडौं, २५ भदौ -अनमोल केसी र सुहाना थापा अभिनित ‘ए मेरो हजुर ४’ अब २५ चैतमा रिलिज हुने भएको छ । निर्माता सुनिलकुमार थापाले सो घोषणा गरेका हुन् ।

यसअघि १८ भदौमै चलचित्र रिलिज हुने घोषणा गरिएको थियो । तर, कोरोना महामारीका कारण सो मितिमा रिलिज गर्न नसकेको थापाले बताएका छन् ।झरना थापाले निर्देशन गरेको ‘ए मेरो हजुर ४’ को सिरिज चलचित्र हो ।

सरकारले सिनेमा हल खोल्न अनुमति दिइसकेको छ । तर, निर्माताहरू सिनेमा रिलिज गर्न डराइरहेका छन् । सरकारले सिनेमा खोल्न एक साताअघि नै निर्णय गरे पनि अहिलेसम्म सिनेमा हल खुला भएका छैनन् । कोरोना कहर कम हुँदै गएपछि चैतमा आफ्नो नयाँ चलचित्र रिलिज गर्ने थापाको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर