४ वर्षको छोरालाई होटलमा छाडेर देश छोडीन् श्वेताले, पूर्व पतिले श्वेताका यस्ता कर्तुतहरु खोल्दै दिए प्रहरीमा उजुरी — OSNepal

४ वर्षको छोरालाई होटलमा छाडेर देश छोडीन् श्वेताले, पूर्व पतिले श्वेताका यस्ता कर्तुतहरु खोल्दै दिए प्रहरीमा उजुरी

LC (KTM) May 09, 2021 0

टीभि एक्टर अभिनव कोहलीले स्वेता तिवारीले आफ्नो ४ बर्षको छोरालाई मुम्बईको एक होटलमा एक्लै छोडेर गएको दाबी गरेका छन् । उनी छोरालाई छोडेर दक्षिण अफ्रिका गएकी हुन् ।

स्वेता तीवारी हाल खतरो के खिलाडीको सिजन ११ को लागि केपटाउन गएकी हुन् । स्वेता गएपछि उनका पुर्वपति अभिनव कोहलीले चाईल्ड हेल्पलाईनमा उजुरी समेत गरेका छन् ।

उनले एफ आई आर नै दर्ता गर्ने कोशीस गरेको बताइएको छ । अभिनवले आफ्नो इन्ष्टाग्राममा ३ वटा भिडियो समेत पोष्ट गरेका छन् ।

अभिनवले खतरो के खिलाडीका लागि केपटाउन जान यो महामारीको बेला मनाही गरेका थिए । उनले मनाही गर्दा गर्दै पनि श्वेता देश छोडेर साउथ अफ्रिका प्रस्थान गरेकी थिईन् ।

भिडियोमा उनले आफुलाई ४ बर्षको बच्चाको चिन्ता रहेको बताउँदै प्रहरी संग समेत सहयोग मागेका छन् । अहिले सम्म उनको छोरा कहाँ छन्न भन्ने एकिन भैसकेको छैन ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर