एमालेको अवरोध पछि संसद बैठक स्थगित — OSNepal

एमालेको अवरोध पछि संसद बैठक स्थगित

LC (KTM) September 10, 2021 0

काठमाडौँ २५ भदौ । आज बसेको संसद बैठकमा पनि सभामुख अग्निप्रसाद सापकोटामाथि प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले नारावाजी गरेका छन् ।

संसदीय मर्यादा कायम गर , विधिको शासन पालना गर जस्ता नारा लगाउँदै एमाले सांसदहरुले नारावाजी गरिरहेका छन् ।

सभामुख सापकोटाले पटक पटक बैठक सहज बनाउन आग्रह गरेपनि बैठक सुचारु नभएपछि बैठक १५ मिनेटको लागि स्थगित गरिएको छ ।

माधव नेपालसहित १४ जना सांसदलाई पार्टीको गरेको कारवाहीलाई सभामुखले कार्यान्वयन नगरेको भन्दै सापकोटा माथि प्रश्न उठाउँदै नारावाजी गरेका हुन् ।

एमाले सांसदले उठाएको प्रश्नको जवाफ सभामुखले दिइसकेको र उक्त मुद्दा अदालतमा विचाराधिन रहेको भन्दै बैठक सञ्चालन गर्न सहयोगका लागि आग्रह समेत गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर