प्रमुख प्रतिपक्षको विरोधका कारण प्रतिनिधिसभा बैठक अवरुद्ध — OSNepal

प्रमुख प्रतिपक्षको विरोधका कारण प्रतिनिधिसभा बैठक अवरुद्ध

LC (KTM) September 10, 2021 0

काठमाडौँ, २५ भदौ-bप्रतिनिधिसभाको आजको बैठक प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले विरोध र नारावाजी गर्दै अवरोध गरेको छ । सभामुख अग्निप्रसाद सापकोटाले बैठक प्रारम्भ भएको घोषणा गर्नासाथ प्रमुख प्रतिपक्षी दलका सांसदहरु उठेर बेल घेराउ गर्दै नाराबाजी गर्नुभएको थियो । प्रतिपक्ष सांसदबाट विरोध भइरहँदा सभामुख सापकोटाले तपाईहरुले उठाएका कुरा अदालतमा मुद्दा विचाराधीन रहेको र जनजीवीकासँग जोडिएका यावत् विषय राख्नुपर्ने भएकाले सदन चलाउन सहयोग पु¥याउन आग्रह गर्नुभयो ।

सभामुखको आग्रहलाई बेवास्ता गर्दै प्रतिपक्षबाट निरन्तर नारावाजी गर्दै विरोध भइरह्यो । सो बीचमा सभामुख सापकोटाले अदालतमा विचाराधीन विषयलाई सदनमा उठाउन बन्देज रहेको बारेमा ध्यानाकर्षण गराउनुभयो । प्रमुख प्रतिपक्ष दलको विरोधका कारण गत बुधबारको प्रतिनिधिसभाका तीन वटा बैठक पनि स्थागित भएका थिए । अहिले सदनमा प्रतिपक्षको नारावाजी निरन्तर चलिरहेको छ । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर