प्रमुख प्रतिपक्षी दलको अवरोध मै गृहमन्त्री खाँडबाट राजनीतिक दल सम्बन्धी अध्यादेश पेश — OSNepal

प्रमुख प्रतिपक्षी दलको अवरोध मै गृहमन्त्री खाँडबाट राजनीतिक दल सम्बन्धी अध्यादेश पेश

LC (KTM) September 10, 2021 0

काठमाडौँ २५ भदौ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको विरोधकै बीच गृहमन्त्री बालकृष्ण खाँणले राष्ट्रियसभामा राजनीतिक दल सम्बन्धी अध्यादेश पेश गरेका छन् ।

राष्ट्रिय सभाको बैठक सुरु भएसँगै एमालेले अवरोध र्सिजना गरेको थियो । गृहमन्त्री खाँडले अध्यादेश पेश गरेसँगै प्रतिपक्ष आ–आफ्नो आसनमा बसेका थिए ।

बैठकमा महेन्द्र शेरचन र जेबी टुहुरेको निधनमा शोक प्रस्ताव पास समेत गरिएको छ । अगामी अर्को बैठक भदौ २८ गते दिउँसो १ बजे बस्ने गरी स्थगित भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर