सांसद प्रेम सुवालको प्रश्न : राष्ट्रघाती एमसीसी विष हो अनि विष भनी थाहा पाइकन खाए के हुन्छ ? — OSNepal

सांसद प्रेम सुवालको प्रश्न : राष्ट्रघाती एमसीसी विष हो अनि विष भनी थाहा पाइकन खाए के हुन्छ ?

LC (KTM) September 10, 2021 0

काठमाडौँ २५ भदौ । नेपाल मजुदुर किसान पार्टीका सांसद प्रेम सुवालले नेपाली जनताको लागि एमसीसी सम्झौता पारित गर्नु विषसरह भएको बताएका छन् ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसद बैठक अवरुद्ध गर्दै गर्दा सांसद बैठकमा सुवालले यस्तो प्रतिक्रिया दिएका हुन् ।

विश्वलाई नै दुःख दिने नियतका साथ आएको सो सम्झौताबारे दुविधामा नपर्न बैठकमा सहभागी सांसदलाई आग्रह गर्दै सुवालले भने, ‘अमेरिकी साम्राज्यवादले संसारलाई दुःख दिने कुरा संसारका सबै जनतालाई थाहा भएकै कुरा हो । यो यथार्थता नेपाली जनताले पनि बुझिसकेका छन । यो संघीय संसद्का सबै माननीयहरु दुविधामा पर्नु आवश्यक छैन । बूढो बाघले शिकार गर्न नसकेपछि चुरा देखाउने र झम्टने कथा हामी सबैलाई थाहा छ । विष भनी थाहा पाइकन खाए के हुन्छ रु एमसीसी त्यही हो । अमेरिकी अधिकारीहरुले सयथरी कुरा गर्दैछन् । हामी उनीहरुका सयथरी कुरामा फस्नु हुन्न ।’

राष्ट्रघाती एमसीसीको विरोधमा प्रदर्शजन गर्दा आफ्ना पार्टीका कार्यकर्तामाथि प्रहरीले दमन गरेको प्रति पनि बैठकमा बोल्दै सुवालले आपत्तप् जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर