राष्ट्रिय सभा सदस्यका लागि उम्मेदवारमा नाम दर्ता गराएका तिनै जनाले अपेक्षा गरेको भूमिका निर्वाह गर्न सक्दैनन् :विवेकशील — OSNepal

राष्ट्रिय सभा सदस्यका लागि उम्मेदवारमा नाम दर्ता गराएका तिनै जनाले अपेक्षा गरेको भूमिका निर्वाह गर्न सक्दैनन् :विवेकशील

LC (KTM) May 20, 2021 0

काठमाडौँ ६ जेठ । वाग्मती प्रदेशको राष्ट्रिय सभा सदस्यको लागि भइरहेको उपनिवार्चनमा विवेकशील साझा पार्टीले मतदान नगर्ने भएको छ । आज बिहिबार विवेकशील साझाका बागमती प्रदेश सांसद रमेश पौड्यालले एक विज्ञप्ति मार्फत यसको जानकारी गराएका हुन् । एमालेकै तर्फबाट दुई जना मतदानको मैदानमा उत्रिएका छन् । भने एक जना नेपाल मजदुर किसान पार्टीका रहेका छन् ।

पौड्यालले जारी गरेको विज्ञप्तीमा भनिएको छ, ‘प्राविधिक रूपमा एक जनाको ‘स्वतन्त्र’ उम्मेदवारी रहे पनि सत्तारुढ नेकपा एमालेकै एउटा खेमाको तर्फबाट निजको उम्मेदवारी आएको प्रस्टै देखिएको छ ।’यस परिप्रेक्ष्यमा चुनावी मैदानमा प्रतिस्पर्धारत तिनै जना उम्मेदवारहरूबाट राष्ट्रिय सभामा हामीले अपेक्षा गरेको भूमिका निर्वाह हुनेछ भन्नेमा आश्वस्त हुन नसकेकोले विवेकशील साझा पार्टीले यस निर्वाचन प्रक्रियामा सामेल नहुने निर्णय गरेको छ

।’ विज्ञप्तीमा २०७० पौष २१ गते सरकारका नाममा मतपत्रमा ‘नो भोट’ को व्यवस्था गर्न निर्देशनात्मक आदेश जारी गरेको सात वर्षभन्दा बढी भइसक्दा पनि उक्त आदेशको कार्यान्वयन सरकार र निर्वाचन आयोग नगरेको प्रति गुनासो समेत गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर