गायक राजु चौधरीको उपचारका क्रममा दिल्लीमा निधन — OSNepal

गायक राजु चौधरीको उपचारका क्रममा दिल्लीमा निधन

LC (KTM) September 10, 2021 0

झापा बिर्तामोडमा रहेर गीत संगीतलाई अघि बढाईरहेका गायक राजु चौधरीले आज अन्तिम श्वास लिएका छन् । उनको आज उपचारका क्रममा निधन भएको स्याडोज नेपालका स्वप्नील शर्माले पुष्टि गरेका छन् । राजु ब्लड क्यान्सर बाट पीडित रहेका थिए ।

उनको उपचार भारतको दिल्लीमा भईरहेको थियो । उपचारकै क्रममा आज उनको निधन भएको शर्माले फेसबुक मार्फत जानकारी दिएका हुन् । शर्मा उनको उपचारका लागि दिल्लीमै रहेका थिए । राजुलाई ब्लड क्यान्सर भएपछि उनको सहयोगार्थ बिभिन्न कार्यक्रमहरु भएका थिए ।

राजुको उपचारका लागि आर्थिक संकलनमा खटिएका उनले सामाजिक सञ्जाल फेसबुक मार्फत राजुलाई धेरै कोशीस गर्दा पनि बचाउन नसकिएको बताएका छन् ।

उनले लेखेका छन् , ‘हामीले युद्ध हार्यौं। राति राजुलाई एक्कासी सास फेर्न गाह्रो भयो। ब्लड प्रेसर ओरालो लाग्यो। भेन्टिलेटरमा राखियो। त्यसपछि उनले हामीलाई छोडेर गएको चिकित्सकहरूले बताए।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर