अभिनेता गोबिन्दा र उनका भान्जा कृष्णा अभिषेक बीच मनमुटावको रहस्य यस्तो रहेछ, गोबिन्दाकी पत्नी सुनीताले भनिन्– भान्जाको मुख हेर्न समेत मन छैन — OSNepal

अभिनेता गोबिन्दा र उनका भान्जा कृष्णा अभिषेक बीच मनमुटावको रहस्य यस्तो रहेछ, गोबिन्दाकी पत्नी सुनीताले भनिन्– भान्जाको मुख हेर्न समेत मन छैन

LC (KTM) September 10, 2021 0

अभिनेता गोबिन्दा तथा उनका भान्जा कृष्णा अभिषेकको परिवार बीच लामो समय देखी खटपट भईरहेको छ । उनीहरु एक अर्काको परिवार संग कुराकानी नै गर्दैनन् । यहा सम्मकी गोबिन्दा कमेडियन शो द कपिल शर्मा शोमा आएको बेला कृष्णा अभिषेक उक्त एपिसोडमा देखीने गरेका छैनन् ।

यो बिषयमा गोबिन्दाकी पत्नी सुनीता आहुजाले आफ्नो असन्तुष्टि बाहिर ल्याएकी छिन् । टाइम्स अफ इण्डियालाई दिएको एक अन्र्तबार्तामा उनले भनेकी छिन्– म यो जान्न चाहान्छु कि कपिल शर्मा शो जुन एपिसोडमा हामी हिस्सा लिईरहेका छौ कृष्णा अभिषेकले उक्त एपिसोडमा हिस्सा बन्नका लागि अस्वीकार गरेका छन् ।

उनले भनेका छन् कि दुबै पार्टी स्टेज शेयर गर्न चाहादैनन् । पछिल्लो साल नोभेम्बरमा गोबिन्दाले एक बयान जारी गरेर आफ्ना कुरा स्प्ष्ट राखेका थिए कि पब्लिक प्लाटफर्ममा पारिवारिक इश्युमा कहिले चर्चा नगर्ने कसम खाएका थिए । एक जेन्टल मेनका रुपमा उनले आफ्ना कसम निभाए पनि ।

अब हामी दुरी बनाएर राख्न चाहान्छौ तर यो एक यस्तो बिन्दुमा आईपुगेको छ मलाई यो मुद्धामा कुरा गर्न एकदमै जरुरत रहेको छ । ३ बर्ष अघि कृष्णाकी पत्नी कश्मीरा शाहले एक ट्वीट गर्दै गोबिन्दाका बारेमा नराम्रो टिप्पणी गरेकी थिईन् । उनले गोबिन्दालाई पैसाको लागि डान्स गर्ने गरेको बताएकी थिईन् । यो बिषयमा गोबिन्दाकी श्रीमती सुनीता एकदमै रिसाएकी समेत थिईन् ।

सुनीताले आफ्नो भान्जा कृष्णाको अनुहार समेत हेर्न नचाहेको भन्दै खरो टिप्पणी समेत गरेकी छिन् । उनले कृष्णा लाई पालन पोषण गरेर ठुलो बनाएको तर शिर माथि नै चढ्न दिन नसकिने र उनी एकदमै खराब तरिकाले आफ्नो परिवार प्रति जाई लागेको भन्दै असन्तुष्टि जनाएकी छिन् । उनले कृष्णा बाहेक पनि आफुहरुको शो हिट हुने दाबी गरेकी छिन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर