यस्तो आरोप लगाउँदै कांग्रेसले बुझायो, प्रधानमन्त्री ओलीलाई १५ बुँदे ध्यानाकर्षणपत्र — OSNepal

यस्तो आरोप लगाउँदै कांग्रेसले बुझायो, प्रधानमन्त्री ओलीलाई १५ बुँदे ध्यानाकर्षणपत्र

LC (KTM) May 20, 2021 0

काठमाडौँ ६ जेठ । प्रतीपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीलाई १५ बुँदे ध्यानाकर्षणपत्र बुझाएको छ । कोरोना संक्रमण रोकथाम गर्न सरकार चुकेको भन्दै १५ बुँदे ध्यानाकषर्ण पत्र आज सिंहदरबारमा सभापति शेरबादुर देउवाले प्रधानमन्त्री ओलीलाई बुझाएका हुन् ।

दोस्रो लहरको संक्रमणबाट जनता छट्पटिदा सरकार उद्घाटन ,सभासमारोह मा व्यस्त भएको कांग्रेसले आरोप लगाएको छ । कांग्रेसले बुझाएको पत्रमा भनिएको छ ,’कोभिड संकट व्यवस्थापन केन्द्रको नेतृत्व अपारदर्शी, सतही र असक्षम सावित भएको छ । कोभिड—१९ को पहिलो चरणमा देखिएको चरम भ्रष्टाचार, दुरुपयोग र भेदभावको पुनरावृत्ति अहिले पनि देखिन थालेको छ’ ।

पत्रमा अब तेस्रो चरणको संक्रमणबाट नागरिकलाई सुरक्षित राख्न खोपको व्यवस्था गर्नुपर्ने कांग्रेसले माग गरेको छ । ‘निषेधाज्ञाको पनि वैज्ञानिक व्यवस्थापन नहुँदा संक्रमण नभएको स्थानमा पनि संक्रमण बढेको कांग्रेसको तर्क रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर