कोलकत्ताको फुटपाथमा भेटिईन् पुर्व सीएमकी नजिकको नातेदार , पीएचडी गरेकी इराको यस्तो छ दुःखले भरिएको कहानी — OSNepal

कोलकत्ताको फुटपाथमा भेटिईन् पुर्व सीएमकी नजिकको नातेदार , पीएचडी गरेकी इराको यस्तो छ दुःखले भरिएको कहानी

LC (KTM) September 11, 2021 0

एकदमै खतरा अंग्रेजी, बायरोलोजीमा पीएचडी तर जिन्दगी फुटपाथमै गुज्रिरहेको छ । यो कहानी पश्चिम बंगालका पुर्व मुख्यमन्त्री बुद्धदेव भट्टाचार्यको साली इरा बसुको रहेको छ । इरा बसु पुर्व सीएम बुद्धदेब भट्टाचार्यकी पत्नी मीरा भट्टाचार्यको बहिनी हुन् । इरा बसु अहिले एकदमै गन्धे कपडा लगाएर फुटपाथमै आफ्नो रात बिताउने गरेकी छिन् ।

पश्चिम बंगालको उत्तर २४ परगना जिल्लाको प्रियनाथ गल्र्स हाईस्कुलमा जीवन बिज्ञानको पुर्व शिक्षिका इरा बसु डनलप इलाकाको फुटपाथमा रहने गरेकि छिन् । कैयौ ब्यक्तिले उनलाई फुटपाथमा घुमिरहेको देखेका छन् । हालै उनको भिआइपी पहिचान बाहिर आएको छ । उनका धेरै स्कुल सहयोगीहरुले राज्यको पुर्व सीएम संग नाता रहेको जानेका थिए ।

इराले १९७६ मा प्रियनाथ गल्र्स हाइस्कुलमा जीवन बिज्ञान बिषयको शिक्षिकाको रुपमा काम गर्ने गरेकी थिईन् । उनले २८ जुन २००९ मा रिटायर लिईन् । उनी एक समय जिल्लाको बारानगरमा बस्दै आएकी थिईन् । त्यसपछि उनी लिचु बगान ईलाकामा गइन् । त्यसपछि आश्चर्यजनक रुपमा उनी गायब भएकी थिईन् । यसपछि उनी डनलपमा देखा परेकी हुन् ।

प्रियनाथ स्कुलकी प्रधानाध्यापिका कृष्णाकली चन्दाले इरा बसुले स्कुलमा पढाएको र आफ्नो सेवानिबृति पछि पेन्शनको लागि आवश्यक कागजात जम्मा नगरेका कारण उनलाई कुनै पनि पेन्शन नमिलेको बताईन् । उनलाई ५ सेप्टेम्बरका दिन शिक्षक दिवशको अवसर पारेर आर्टीजोन नामको संस्थाले सम्मान गरेको छ । पछिल्लो समय उनको स्वास्थय अवस्था खराब भएको थियो । उनको अहिले अस्पतालमा उपचार भईरहेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर