कांग्रेसले दियो निर्वाचन आयोगमा प्रधानमन्त्री र शिक्षामन्त्री विरुद्ध उजुरी — OSNepal

कांग्रेसले दियो निर्वाचन आयोगमा प्रधानमन्त्री र शिक्षामन्त्री विरुद्ध उजुरी

LC (KTM) May 20, 2021 0

काठमाडौँ ६ जेठ । मौन अवधिमा मत मागेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओली र शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठविरुद्ध नेपाली कांग्रेसले निर्वाचन आयोगमा उजुरी परेको छ । आज भइरहेको वाग्मती प्रदेशको राष्ट्रिय सभामा निवार्चनको लागि उम्मेदवार रामबहादुर थापाको लागि हिजो विज्ञप्ती जारी गरी मत मागको भन्दै प्रधानमन्त्री र शिक्षामन्त्रीविरुद्ध उजुरी परेको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा (एमाले) पार्टीको अध्यक्षको हैसियतले र शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले सार्वजनिक अपिलमार्फत मौन अवधिमा आफ्ना उम्मेदवारको पक्षमा मत माग्नु भएकोले निर्वाचन आचार संहिताको ठाडो उलंघन भएको छ,आचारसंहिताविपरीत सरकार प्रमुखले नै उम्मेदवारलाई विजय गराउन मतदाताहरूलाई अपिल गरेर निर्वाचनमा प्रभाव पार्नु स्वच्छ, निष्पक्ष र मर्यादित निर्वाचनको आधारभूत सिद्धान्तविपरीत भएको छ ।’ उजुरीमा भनिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर