चलचित्र ‘जवान’ मा दोहोरो भूमिकामा देखिदै अभिनेता साहरुख,साथमा हुने छिन् नायिका नयनतारा — OSNepal

चलचित्र ‘जवान’ मा दोहोरो भूमिकामा देखिदै अभिनेता साहरुख,साथमा हुने छिन् नायिका नयनतारा

LC (KTM) September 12, 2021 0

मुम्बई । बलिउड अभिनेता शाहरुख खानले दक्षिण भारतीय निर्देशक एट्ली कुमारले निर्देशन गरिरहेको चलचित्र ‘जवान’ मा काम गर्दैछन् । पुनेको मेट्रो रेलवे स्टेसनबाट छायांकन सुरु गरिएको उक्त चलचित्रमा शाहरुखसँगै दक्षिण भारतीय अभिनेत्री नयनताराको मुख्य भूमिका रहेको छ । भारतीय सञ्चारमाध्यमका अनुसार यो चलचित्रको छायांकन शनिबारबाट पुनेको मेट्रो रेलवे स्टेसनबाट सुरु गरिएको छ । पुनेमा १० दिन छायांकन गरेपछि चलचित्रको टिमले मुम्बईमा काम गर्ने जनाइएको छ ।

चलचित्रमा अभिनेत्री नयनताराले अभिनेता शाहरुखसँग रोमान्स गर्नेछन् । साथै उक्त चलचित्रमा अर्की अभिनेत्री प्रियामणीको समेत पनि अभिनय रहने निर्माण पक्षले जनाएको छ ।सौर्य दैनिकमा खबर छ । यस्तै, दक्षिण भारतीय निर्देशक र अभिनेत्री राखेर शाहरुखले यो चलचित्रलाई विभिन्न भाषामा रिलिज गर्ने तयारीसमेत गरिरहेका छन् । करिब आधा वर्ष लगाएर खिचिने यो चलचित्रको बजेट समेत उच्च रहेको जनाइएको छ ।

यो चलचित्रमा शाहरुख दोहोरो भूमिकामा रहने निर्माण पक्षले जनाएको छ । सैनिक पृष्ठभूमिका केन्द्रित रही निर्माण गरिने भारतीय सञ्चार माध्यमले उल्लेख गरेका छन् । शनिबार चलचित्रको छायांकन सुरु भएसँगै शाहरुखको तस्बिर पनि सामाजिक सञ्जालमार्फत बाहिरिएको छ । जसमा शाहरुख एक्सन दृश्यमा काम गर्ने तयारीमा रहेको देख्न सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर