मुख्यमन्त्री शाक्यलाई दिएको समर्थन फिर्ता लिने एकीकृत समाजवादीको निर्णय — OSNepal

मुख्यमन्त्री शाक्यलाई दिएको समर्थन फिर्ता लिने एकीकृत समाजवादीको निर्णय

LC (KTM) September 12, 2021 0

काठमाडौं २७ भदौ । बाग्मती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यलाई माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले समर्थन नरहेको बताएको छ ।

आज बसेको नेकपा एसको संसदीय दलको बैठकले संसदीय दलको बैठकमा राजेन्द्र पाण्डेलाई चयन गरेको छ । शाक्यलाई समर्थन नरहेको जानकारी संसद सचिवालयलाई गराउने समेत आजको बैठकले निणर्य गरेको छ ।

योसँगै अब शक्य अल्पमतमा परेकी छन् । एमालेको बहुमत रहेको वाग्मती प्रदेशमा १०९ जना सांसदमा मध्य ५५ सांसद रहेको एमालेमा नेपाल तिर १३ जना सांसद गएपछि ४२ मात्र ओलितिर छन् ।

अब शाक्यले विश्वासको मत नलिए अविश्वासको प्रस्ताव दर्ता गर्ने पाँचदलीय गठबन्धनको तयारी समेत रहेको बुझिएको छ । गत भदौ २ गते मुख्यमन्त्री बनेकी शाक्यको एक महिना नपुग्दै मुख्यमन्त्रीको पद धरापमा परेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर