माओले जस्तै म पनि एक्लो छु भन्नुपर्ने हो कि भन्ने त्यस्तो चित्र दिमागमा आउँछ : प्रचण्ड — OSNepal

माओले जस्तै म पनि एक्लो छु भन्नुपर्ने हो कि भन्ने त्यस्तो चित्र दिमागमा आउँछ : प्रचण्ड

LC (KTM) September 12, 2021 0

काठमाडौँ २७ भदौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफु केहि वर्ष पछि एकलो हुने होकि भन्ने चिन्ता लाग्ने बताएका छन् ।

आज आइतबार माओवादी नेता परशुराम तामाङको पुस्तक विमोचन कार्यक्रममा प्रचण्डले माओले जस्तै म पनि एक्लो छु भन्नुपर्ने हो कि ? भन्ने त्यस्तो चित्र दिमागमा आउने गरेको बताएका हुन् ।

उनले आफु पार्टीमा एक्लो भएको महसुश गर्दै भने, ‘कहिलेकाहीं मलाई पनि शायद एक दुई वर्षपछि म पनि एक्लो हुने हो कि ? माओले जस्तै म पनि एक्लो छु भन्नुपर्ने हो कि ? त्यस्तो चित्र दिमागमा आउँछ ।’

‘संसारभर माओवादीको बिगबिगी छ, माओ माओ भनेका छन् । तर आफ्नै पार्टीभित्र माओले म एक्लो छु भन्ने के फिल गरेछन्,’ कार्यक्रममा प्रचण्डले भन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर