सीसीएमसी अनावश्यक संयन्त्र हो, यसलाई खोरजी गर्नुपर्छ : माओवादी केन्द्र — OSNepal

सीसीएमसी अनावश्यक संयन्त्र हो, यसलाई खोरजी गर्नुपर्छ : माओवादी केन्द्र

LC (KTM) May 20, 2021 0

काठमाडौँ ६ जेठ । नेकपा माओवादी केन्द्रले सीसीएमसीको खारेजीको माग गरेको छ । आज पार्टी कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटिको बैठकले सीसीएमसी खारेजीको माग सहित प्रधानमन्त्री केपी ओलीलाई ज्ञापन पत्र बुझाउने भएको छ ।

नेता वर्षमान पुनले दिएको जानकारी अनुसार प्रधानमन्त्री ओलीलाई बुझाउने ज्ञापनपत्रमा सरकारले कोभिडका बारेमा काम गर्दा के के कुरामा ध्यान दिनुपर्छ भन्ने विषय उल्लेख गरिएको छ । सीसीएमसी अनावश्यक संयन्त्र भएको बताएका पुने प्रधानमन्त्रीको नेतृत्वको विपद व्यवस्थापन समिति या गृहमन्त्री नेतृत्वको विपद व्यवस्थापन प्राधिकरणलाई क्रियाशील बनाउनुपर्ने बताएका छन् ।

सरकारले पहिलो र दोस्रो चरणको संक्रमणबाट पाठ सिकी तेस्रो चरणको संक्रमणबाट जनतालाई बचाउन तयारी अवस्थामा हुनुपर्ने ज्ञापन पत्रमा उल्लेख गरिने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर