चीनमा कोरोनाविरुद्ध दुई अर्ब चौध करोड डोज खोप लगाइयो — OSNepal

चीनमा कोरोनाविरुद्ध दुई अर्ब चौध करोड डोज खोप लगाइयो

LC (KTM) September 12, 2021 0

बेइजिङ, २७ भदौ- चीनमा कोरोना भाइरसविरुद्ध दुई अर्ब १४ करोडभन्दा बढी डोज खोप लगाइ सकिएको सिन्ह्वा समाचार समितिले जनाएको छ ।देशभर दुई अर्व १४ करोड डोज खोप लगाइएको यहाँ राष्ट्रिय स्वास्थ्य निकायले आइतबार जानकारी दिएको छ । चीनको हुबे प्रन्तको बुहान शहरबाट सन् २०१९ को डिसेम्बरबाट कोरोना भाइरसको सङ्क्रमण शुरु भएको थियो ।

कोरोना भाइरसबाट प्रभावित भएका सबै देश यसको विरुद्ध खोप अभियान शुरु गरेका छन् । तर चीन खोप अभियान सबभन्दा अगाडि रहेको छ । कोरोनाको कारण हालसम्म विश्वभर २२ करोड ५१ लाख ७४ हजार ४४२ जनाको सङ्क्रमित भएका छन् भने यसको सङ्क्रमणको कारण ४६ लाख ३९ हजार ८६७ जनाको मृत्यु भएको छ । (रासस÷सिन्ह्वा)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर