मदनकृष्ण श्रेष्ठको मर्मस्पर्शी गीतमा सरोज खनालको शसक्त अभिनय — OSNepal

मदनकृष्ण श्रेष्ठको मर्मस्पर्शी गीतमा सरोज खनालको शसक्त अभिनय

LC (KTM) September 12, 2021 0

मह जोडीको एउटा पात्र मदनकृष्ण श्रेष्ठ । उनी अभिनय तथा ब्यंगमा मात्र हैन गीत गाउन पनि उत्तिकै माहिर छन् । उनै वरिष्ठ हास्य कलाकार मदनकृष्ण श्रेष्ठको स्वर रहेको नयाँ गीत ‘जीवनको पाना’ युटुबमा सार्वजनिक भएको छ ।

उनको यो गीतमा सरोज खनालले एकदमै शशक्त अभिनय पस्किएका छन् । एउटा जवानी देखीका सम्पुर्ण आफ्ना करियरका कुराहरु बुढो भएपछि उनले यस गीत मार्फत संझिएका छन् । यस गीतमा बमकुमार श्रेष्ठको शब्द रहेको छ भने सन्तोष श्रेष्ठको संगीत रहेको छ ।

त्यस्तै गीतमा देवेन्द्र नेवाको संगीत संयोजन रहेको छ । गीतको भिडियोमा सरोज खनाल, लक्ष्मणप्रसाद अधिकारी र राजेन्द्र कट्टेलको अभिनय देख्न पाईन्छ । राज केसीको निर्देशनमा बनेको यो गीतको भिडियोको छायाँकन उत्तम हुमागाई र सम्पादन भने रमेश थापाले गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर