नुवाकोटमा एमालेको बढ्यो चहलपहल, ३० जना एमालेमा प्रवेश — OSNepal

नुवाकोटमा एमालेको बढ्यो चहलपहल, ३० जना एमालेमा प्रवेश

LC (KTM) September 12, 2021 0

काठमाडौं, २७ भदौ । विभिन्न पार्टी परित्याग गरी नुवाकोटमा ३० जना युवा नेकपा एमालेमा प्रवेश गरेका छन् । एमाले नुवाकोटका नेता देबेन्द्र भण्डारीको पहलमा उनीहरू एमालेमा प्रवेश गरेका हुन् ।

नवप्रवेशी युवालाई नुवाकोट एमाले अध्यक्ष एवं बागमती प्रदेश कृषि तथा सहकारी राज्यमन्त्री बद्री मैनालीले टिका तथा खादा लगाएर स्वागत गरेका थिए ।

कार्यक्रममा एमाले नुवाकोटका सचिव काशी अधिकारी, एमाले नुवाकोटका नेताहरू नारायण घिमिरे, दीपक कार्की, रामनाथ खनाल, राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सदस्य तथा एमाले नुवाकोटका युवानेता सुरेश भण्डारीलगायतको उपस्थिती रहेको थियो । कार्यक्रममा बोल्दै राज्यमन्त्री मैनालीले नवप्रवेशी युवाहरूलाई एमालेले उचित स्थान दिने बताएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर