खतरो के खेलाडी सिजन ११ बाट अभिनव शुक्ला आउट, आज फेरी को हुदैछ त आउट ? — OSNepal

खतरो के खेलाडी सिजन ११ बाट अभिनव शुक्ला आउट, आज फेरी को हुदैछ त आउट ?

LC (KTM) September 12, 2021 0

खतरो के खेलाडी ११ शो अब फिनाले तर्फ अघि बढिरहेको छ । यस हप्ता शो को सेमी फिनाले एपीसोड चलिरहेको छ । जस्मा डबल एलिमिनेशन हुने भएको छ । शनिबारको एपिसोडमा फिनाले भन्दा एक कदम पहिला शो को बेस्ट परफर्मर अभिनव शुक्ला आउट भएका छन् ।

त्यस्तै आजको एपिसोडमा अर्का एक प्रतिष्पर्धीको यात्रा टुंगिदैछ । अभिनव शुक्ला, श्वेता तिवारी तथा बिशाल आदित्य सिंह स्टन्ट हारेका कारण एलिमिनेशन राउण्डमा पुगेका थिए । जहा ३ जना बीच फेस अफ भयो ।

यो राउण्डमा ३ जना प्रतिष्पर्धीले उचाई बाट बल लाई बास्केटमा हाल्नु पर्ने थियो । तीनै जना मध्ये कसैले पनि बल बास्केटमा छिराउन सकेनन । तर अभिनव अन्तिम बल फ्याक्नु अघिनै झरेका थिए जस्का कारण उनी एलिमिनेट हुन पुगे । अभिनवको यस शो को यात्रा आज बाट टुंगिएको छ ।

उनका फ्यानहरु उनको प्रर्दशन बाट एकदमै खुशी भए पनि सेमिफाइनल बाटै बाहिरीदा दुःखी भएका छन् । अभिनवलाई उनका फ्यानहरुले रियल विनरको उपाधी समेत दिएका छन् । उनलाई अलराउण्डर प्रतिष्पर्धीको रुपमा फ्यानहरुले चित्रित गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर