दक्षिण भारतीय फिल्मकै सुन्दर जोडी सामन्था र नागा चैतन्यको डिर्भोष हुँदै, कारण यस्तो अनौठो ! — OSNepal

दक्षिण भारतीय फिल्मकै सुन्दर जोडी सामन्था र नागा चैतन्यको डिर्भोष हुँदै, कारण यस्तो अनौठो !

LC (KTM) September 12, 2021 0

एजेन्सी- दक्षिण भारतीय फिल्मकी चर्चित अभिनेत्री सामन्था अक्किनेनी र अभिनेता नागा चैतन्यको डिर्भोष हुन लागेको बताइएको छ । भारतिय मिडियाका अनुसार फिल्मको काम छोडेर परिवारको संख्या बढाउन भन्ने नागाको चाहानामा सामन्था सहमती हुन नसकेपछि यो जोडी छुट्टिन लागेको बताइएको छ ।

सन् २०१७ मा विवाह गरेका उनीहरु दक्षिण भारतीय फिल्मकै सुन्दर जोडीको रुपमा परिचित छन् । केही समयअघिदेखि उनीहरुको वैवाहिक जीवन ठिक ढंगले नचलिरहेको खबर बाहिर आएको थियो । यो जोडीले हालैमात्र म्यारिज काउन्सलरसँग भेटघाट गरेका छन् ।

विवाह पछि सामन्थाले सामाजिक सञ्जालमा आफ्नो नामको पछाडि अक्किनेनी लेखेकी थिइन् । उनी कैयौंपटक सामाजिक सञ्जालमा नागासँगको तस्वीर राख्छिन् । यद्यपि नागा सामाजिक सञ्जालमा त्यति सक्रिय छैनन् । तर केही समय अघि सामन्थाले सामाजिक सञ्जालबाट अक्किनेनी हटाएपछि उनीहरुको सम्बन्ध बिग्रिएको हुनसक्ने अनुमान लगाइएको थियो ।

नागासँग विवाह हुनुअघि सामन्था रंग दे बसन्ती अभिनेता सिद्धार्थसँग प्रेममा थिइन् । नागा नागार्जुनका छोरा समेत हुन् । उनले अहिलेसम्म थुप्रै फिल्ममा अभिनेताको रुपमा काम गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर