फ्रान्सले तालिवान सरकारलाई साथ नदिने — OSNepal

फ्रान्सले तालिवान सरकारलाई साथ नदिने

LC (KTM) September 12, 2021 0

अफगानिस्तानमा अहिले तालिवानले राज गरिरहेको छ । जब अमेरिकी सेना अफगानिस्तान बाट फर्कियो त्यसको एक महिना नपुग्दै तालिवानले बन्दुकको भरमा सत्ता आफ्नो हातमा लिन सफल भयो ।

धेरै देशले अफगानिस्तानमा बनेको तालिवानको सरकारलाई साथ तथा समर्थन दिएका छैनन् । चिनले भने खुलेरै समर्थन गरेको छ । अब यस बीचमा फ्रान्सले पनि तालिवानको सरकारलाई समर्थन तथा मान्यता नदिने घोषणा गरेको छ ।

फ्रान्सका विदेशमन्त्री ज्या ब्यासल ड्रियानले तालिबान सरकारलाई मान्यता नदिने घोषणा गरेका हुन् । तर उनले तालिवानलाई सुध्रने मौका भने रहेको बताएका छन् । उनले तालिवानले सहायता पाउन र अन्तर्राष्ट्रिय सम्बन्ध सुधार गर्न केही कदम चाल्नु आवश्यक रहेको बताएका हुन् । तालिवानले समावेशी सरकार बनाउने भनेर झुठ बोलेको उनको आरोप रहेको छ ।

यसै कारण विदेशी सहयोग पाउन तालिवानले केही प्रतिवद्धताहरु पूरा गर्नुपर्ने उनले बताएका छन् । फ्रान्सले अफगानिस्तानबाट करिब ३ हजार मानिसलाई सुरक्षित फिर्ता लगेको थियो भने अफगानिस्तानमा अझै पनि केही फ्रान्सेली नागरिक र फ्रान्ससँग जोडिएका अफगान नागरिकहरु उद्धारको फर्काइमा बाटो हेरेर बसिरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर