ओलीलाई माधव नेपालको अर्को झड्का, अहंकारवादविरुद्व लड्नुपर्छ — OSNepal

ओलीलाई माधव नेपालको अर्को झड्का, अहंकारवादविरुद्व लड्नुपर्छ

LC (KTM) September 12, 2021 0

काठमाडौं, २७ भदौ – नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कम्युनिस्ट पार्टीभित्र रहेको अहंकारवादविरुद्ध लड्नुपर्ने बताएका छन् ।

‘नेपाली कम्युनिस्ट आन्दोलनको कार्यदिशा’ नामक पुस्तक आज काठमाडौंमा विमोचन गर्दै उनले सत्तामा पुगेपछि कम्युनिस्टमा अहंकार आउने भन्दै त्यसविरुद्ध लड्नुपर्ने बताए ।

कम्युनिस्ट पार्टीभित्र आफ्ना आसेपासेहरूलाई गोलबन्द गर्ने गैरकम्युनिस्ट प्रवृत्ति मौलाउँदै गएको र त्यस्ता प्रवृत्तिहरूलाई निस्तेज पारेर अघि बढ्नुपर्ने अहिलेको आवश्यकता रहेको धारणा उनको थियो ।

अध्यक्ष नेपालले कम्युनिस्ट पार्टीहरूले ‘चुनावदेखि चुनावसम्म’ नभई ‘जनतादेखि जनतासम्म’को अभियान संचालन गर्नुपर्ने पनि बताए । उनले आफ्नो पार्टी सबैभन्दा लोकतान्त्रिक पार्टी भएको दाबी गर्दै यसले मात्र वास्तविक रूपमा देशलाई एकताबद्ध बनाउने र मुलुकको राष्ट्रियताको रक्षा गर्ने तर्क गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर