कोभिड संक्रमित चिडियाघरको चिम्पान्जीले देखाए मान्छेले जस्तै लक्षण,चिडियाखानामा काम गर्ने व्यक्तिबाट कोरोना सरेको अनुमान — OSNepal

कोभिड संक्रमित चिडियाघरको चिम्पान्जीले देखाए मान्छेले जस्तै लक्षण,चिडियाखानामा काम गर्ने व्यक्तिबाट कोरोना सरेको अनुमान

LC (KTM) September 12, 2021 0

न्युयोर्क, २७ भदौ- अमेरिकाको एउटा चिडियाघरमा चिम्पिान्जीमा कोभिड संक्रमण देखिएको छ । एटलान्टाको चिडियाघरका १३ चिम्पान्जीमा कोभिड देखिएको थियो । कोभिड देखिएका चिम्पान्जीमा मानिसमा जस्तै लक्षण देखिएको थियो । उनीहरुलाई बारम्बार खोकी लाग्ने, नाकबाट पानी बग्ने र भोक हराउने जस्ता लक्षण देखिएको चिडियाखानका अधिकारी बताएका छन् । उनीहरुको सुँघ्ने क्षमता पनि हराएको थियो ।

कोभिड लाग्ने ६० वर्षको बृद्ध चिम्पान्जी रहेको छ । चिडियाखानामा काम गर्ने व्यक्तिबाट कोरोना सरेको हुन सक्ने विज्ञहरुले अनुमान गरेका छन् । केही समयअघि त्यहाँका कर्मचारीमा कोभिड देखिएको थियो । कर्मचारीले पूर्ण खोप लगाइसकेका छन् । उनीहरुले कोरोना संक्रमण फैलिनबाट जोगिन उनहिरुले मास्क, पन्जा लगाउदै आएका थिए ।

अमेरिकामा फेरी कोरोना संक्रमण बढेको छ । डेल्टा भेरिअन्ट देखिएपछि सरकारले मास्क अनिवार्य गरेको छ । त्यस्तै, एक सय भन्दा बढी कर्मचारी भएका कम्पनीले आफ्ना कर्मचारीको हरेक साता कोभिड परीक्षण गर्नुपर्ने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर