OSNepal सोमबार, माघ १० २०७८

एकै रातमा बाँकेका अस्पतालमा उपचाररत ३० वर्षीया महिलासहित थप आठ सङ्क्रमितको मृ त्यु

एकै रातमा बाँकेका अस्पतालमा उपचाररत ३० वर्षीया महिलासहित थप आठ सङ्क्रमितको मृ त्यु

  • OSNepal
  • आइतबार, बैशाख २६ २०७८


एकै रातमा बाँकेका अस्पतालमा उपचाररत ३० वर्षीया महिलासहित थप आठ सङ्क्रमितको मृ त्यु
Reading Time: < 1 minute

बाँके- बाँकेका अस्पतालमा उपचाररत थप आठ सङ्क्रमितको गए राति मृ त्यु भएको छ । भेरी अस्पतालमा पाँच र शिक्षण अस्पताल कोहलपुरमा तीन गरी थप आठ जनाको उपचारका क्रममा मृ त्यु भएको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र बाँकेका स्रोत व्यक्ति तेज वलीले जानकारी दिनुभयो ।

उहाँका अनुसार बढैयाताल गाउँपालिका–१ बर्दिया निवासी ३० वर्षीया महिला, सोही गाउँपालिका–२ निवासी ६५ वर्षीया महिला, दङ्गीशरण गाउँपालिका–५ दाङ निवासी ८५ वर्षीया महिला, नेपालगञ्ज उपमहानगरपालिका–१५ निवासी ७३ वर्षीय पुरुष र नेपालगञ्ज उपमहानगरपालिका–२ निवासी ५३ वर्षीया महिलाको उपचारका क्रममा मृ त्यु भएको हो ।

यसैगरी लम्कीचुहा नगरपालिका–१ कैलाली निवासी ४३ वर्षीय पुरुष, तुलसीपुर उपमहानगरपालिका–६ दाङ निवासी ४९ वर्षीय पुरुष र नेपालगञ्ज उपमहानगरपालिका–११ निवासी ४३ वर्षीय पुरुषको उपचारकै क्रममा गए राति मृ त्यु भएको जिल्ला कोभिड स्रोत व्यक्ति वलीले जानकारी दिनुभयो । यससँगै कोरोना सङ्क्रमणका कारण बाँकेका १८० र जिल्ला बाहिरका १३६ जनाको मृ त्यु भएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड