वरिष्ठ नेता पौडेल समूहको बैठक दिउँसो २ बजे बस्दै — OSNepal

वरिष्ठ नेता पौडेल समूहको बैठक दिउँसो २ बजे बस्दै

LC (KTM) September 13, 2021 0

काठमाडौं २८ भदौ । सत्तारूढ दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहको आज बैठक बस्ने भएको छ ।

पार्टीको जारी अधिवेशनको प्रक्रियाबारे छलफल गर्न पौडेलले आफुपक्ष नेताहरुलाई पार्टी मुख्यालय सानेपामा दिउँसो २ बजे बोलाएका हुन् ।

बैठकमा नेता पौडेलसँगै महामन्त्री डा. शशांक कोइराला, नेताहरु प्रकाशमान सिंह, सीतादेवी यादव, डा. रामशरण महत, अर्जुननरसिंह केसी, बलबहादुर केसी, डा. मिनेन्द्र रिजाल, दिलेन्द्रप्रसाद बडु सहभागी हुने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर