राष्ट्रघाती एमसीसी सम्झौता खोरज गर भन्दै विप्लव निस्कियो सडकमा — OSNepal

राष्ट्रघाती एमसीसी सम्झौता खोरज गर भन्दै विप्लव निस्कियो सडकमा

LC (KTM) September 13, 2021 0

काठमाडौँ २८ भदौ । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन –(एमसीसी) सम्झौताको विरोधमा नेकपाका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’ले काठमाडौंमा विरोध प्रदर्शन गरेको छ ।

आज सोमबार माइतिघरमा भएको प्रर्दशनमा महासचिव विप्लवसहित नेताहरू खड्गबहादुर विश्वकर्मा, हेमन्तप्रकाश वलीलगायत नेताहरु सहभागीता रहेको थियो । राष्ट्रघाती एमसीसी सम्झौता खोरज गर भन्दै विप्लवले विशाल विरोध प्रदर्शन गरेको छ ।

बिहिबार नेपाल आएकी एमसीसीकी उपाध्याक्ष फातिमा सुमारले यस विषयमा शिर्ष नेताहरुसँग छलफल गरेकी थिइन् । सडक र विद्युत प्रशारण लाइन निर्माणका लागि अमेरिकाले ५०० मिलियन डलर अनुदान नेपाल सरकारसँग सन् २०१७ मा एमसीसी सम्झौता गरेको थियो ।

यसको चौतर्फी विरोध भइरहँदा आज विप्लवले यसको विरोधमा प्रदर्शन गरेकोम छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर