देउवाले सत्ता र शक्तिको दुरुपयोग गरेर कतिपय वडा अधिवेशन गरेको पौडेलको आरोप — OSNepal

देउवाले सत्ता र शक्तिको दुरुपयोग गरेर कतिपय वडा अधिवेशन गरेको पौडेलको आरोप

LC (KTM) September 13, 2021 0

काठमाडौँ २८ भदौ । सत्तारुढ दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टी कब्जा गर्न लागेको आरोप लगाएका छन् । आज सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रमा पौडेलले देउवामाथि यस्तो आरोप लगाएका हुन् ।

सत्ता र शक्तिको दुरुपयोग गर्न नेपाली कांग्रेसलाई नसुहाँउने भन्दै उनले कार्यक्रममा भनेका छन् ,’वडा अधिवेशनहरु भयो भनेर नाटक रच्न खोजिएको छ । हामी यसलाई मान्दैनौं । हामी त्यसको विरुद्धमा छौं । यस्तो चुनाव हुनुहुँदैन, त्यसरी धाँधलीका प्रपञ्च रच्न, यसरी सत्ता र शक्तिको दुरुपयोग गर्न नेपाली कांग्रेस जस्तो पार्टीलाई सुहाउँदैन ।’

कार्यक्रममा उनले देउवाले पार्टीको क्रियाशील सदस्यता छानबिन गर्ने काममा समेत देशभर धाँधली गरेको आरोप समेत लगाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर