एमालेलाई संवादमा ल्याएर सर्वदलीय बैठक बोलाउन सभामुखलाई दलहरुको आग्रह — OSNepal

एमालेलाई संवादमा ल्याएर सर्वदलीय बैठक बोलाउन सभामुखलाई दलहरुको आग्रह

LC (KTM) September 13, 2021 0

काठमाडौँ २८ भदौ । सभामुख अग्निप्रसाद सापकोटालाई दलका शिर्षनेताहरुले एमालेलाई संवादमा ल्याउन अर्को बैठक राख्न सुझाव दिएका छन् ।

लगातार संसद बैठक अवरुद्ध गरेको नेकपा एमालेलेको विषयमा छलफल गर्न सभामुखले बोलाएको सर्वदलीय बैठकमा संसदमा रहेका दलहरुले यस्तो सुझाव दिएका हुन् ।

आज बसेको सर्वदलीय बैठकलाई पनि एमालेले वहिष्कार गरेको थियो । बैठकपछि राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले जोसँग सम्बन्धित थियो उहाँहरु नै नआइदिनुभएको हुनाले कुनै निष्कर्षमा पुग्न नसकेको बताएकी छन् ।

सभामुखलाई पनि प्रतिपक्ष एमालेलाई संवादमा ल्याएर सर्वदलीय बैठक बोलाउन आग्रह गरेको पनि जनाएकी छन् । तर, सभामुखले आज बिहान सम्म पनि प्रयास गरेको तर सम्भव नभएको बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर