राष्ट्रिय सभाको उपनिवार्चन सम्पन्न, पार्टीको ह्रिप उल्लंघन गर्दै एमालेका नेताहरु — OSNepal

राष्ट्रिय सभाको उपनिवार्चन सम्पन्न, पार्टीको ह्रिप उल्लंघन गर्दै एमालेका नेताहरु

LC (KTM) May 20, 2021 0

काठमाडौँ ६ जेठ । वाग्मती प्रदेशको राष्ट्रिय सभा सदस्यको लागि आज भएको मतदान कार्यक्रम सकिएको छ । आज बिहान नौ बजेबाट सुरु भएको मतदान प्रक्रिया अहिले दिउँसो ३ बजे सकिएको हो ।

मतदान प्रक्रिया हेटौंडा–४ स्थित भुटनदेवी उमाविमा भएको हो । जम्मा ३३८ मत खसेकोमा नौ जना मतदाता भने मतदान स्थलमा आएनन् । एमालेका दुई जना र नेपाल मजदुर किसान पार्टी तर्फबाट कृष्णबहादुर तामाङले उम्मेदवारको रुपमा उठेका छन् । नेकपा एमाले ओली तर्फबाट गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र नेकपा माओवादी केन्द्र र नेपाली काँग्रेसको समर्थनमा स्वतन्त्र उम्मेदवार बनेका खिमलाल देवकोटा मैदानमा उत्रिएका हुन् ।

एमालेले बादललाई नै मत दिनुपर्छ भन्दै निर्देशन दिएपनि माधव नेपाल समुहले भने मत नदिएको जनाइएको छ । आजै उप निर्वाचनको मत परिणाम भर्चुअल माध्यम मार्फत सार्वजनिक गर्ने निर्वाचन आयोगले बताएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर