पार्टीको आधिकारिक उम्मेदवार बादललाई मतदान नदिएकोप्रति नेकपा एमालेले जनायो आपत्ती — OSNepal

पार्टीको आधिकारिक उम्मेदवार बादललाई मतदान नदिएकोप्रति नेकपा एमालेले जनायो आपत्ती

LC (KTM) May 20, 2021 0

काठमाडौं ६ जेठ । राष्ट्रियसभा सदस्यको लागि उम्मेदवारको मैदानमा उत्रिएका रामबहादुर थापालाई आफ्नै पार्टीबाट मतदान नगरेको प्रति नेकपा एमालेले भत्र्सना गरेको छ । एउटै पार्टीका दुई जनाले उम्मेदवार दिएपछि एमालेले बादललाई नै मत दिनुपर्छ भन्दै ह्रिप समेत जारी गरेको थियो ।

तथापी, माधव नेपालल समुहले भने डा. खिमलाल देवकोटालाई मतदान दिएको जानकारी सँगै एमालेका प्रवक्ता तथा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले पे्रस वक्तव्य नै जारी गरी पार्टीको आधिकारिक उम्मेदवारको विपक्षमा मतदान गरेको भन्दै भर्त्सना गरेको हो । पार्टी निर्देशन अवज्ञा गर्दै केहि नेता र जनप्रतिनिधिहरुले विपक्षमा मतदान गरेको प्रति पार्टीले गम्भिरतापुर्वक भत्सर्ना गरेको वक्तव्यमा उल्लेख गरिएको छ ।

बालुवाटारमा बसको स्थायी कमिटिको बैठकमा अध्यक्ष ओलीको समुहलाई मतदान नगर्नु संसदीय प्रणाली र पार्टीको अनुशासन विपरीत वक्तव्यमा उल्लेख गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर