प्रधानमन्त्री देउवा र झलनाथ खनालबीचको भेटवार्तामा के भयो ? — OSNepal

प्रधानमन्त्री देउवा र झलनाथ खनालबीचको भेटवार्तामा के भयो ?

LC (KTM) September 13, 2021 0

काठमाडौँ, २८ भदौ -प्रधानमन्त्री शेरवहादुर देउवा र नेकपा (एकीकृत समाजवादी)का नेता झलनाथ खनालबीच भेटवार्ता भएको छ । खनाल निवास डल्लुमा उहाँहरूबीच पौने घण्टा छलफल भएको खनालका स्वीकय सचिव कृष्ण भट्टराईले जानकारी दिनुभयो ।

उहाँहरूबीच देशको समसामयिक राजनीतिक विषयमा छलफल भएको थियो । भारतबाट मिर्गौला प्रत्यारोपण गराएर आउनुभएका पूर्वप्रधानमन्त्री खनाल हाल घरमा आराम गरिरहनु भएको छ । प्रधानमन्त्री देउवा यसअघि नेता खनालको स्वास्थ्य अवस्थाबारे जानकारी लिन खनाल निवास डल्लु पुग्नु भएको थियो ।(रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर