आजको संसद बैठकमा पनि मुढभेडको खतरा — OSNepal

आजको संसद बैठकमा पनि मुढभेडको खतरा

LC (KTM) September 14, 2021 0

काठमाडौँ २९ भदौ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोध पछि स्थगित भएको प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बोलाइएको छ ।

भदौ २३ गते देखि सुरु भएको संसद बैठकमा एमालेले निरन्तर अवरोध गर्दै आएको छ । आजको संसद बैठक पनि अवरोध गर्ने तयारमिा एमाले लागि परेको छ ।

संसद अवरोध अन्त्य गर्न हिजो सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको सर्वदलीय बैठकमा पनि एमालेले वहिष्कार गरेपछि साभमुख डुलो संकटमा परेका छन् । एमालेले १४ जना सांसदलाई कारवाही गरिएको सुचना नटाँिसए सम्म संसद चल्न नदिने भन्दै आएको छ । सभामुख सापकोटा यनि सुचना नटाँसे उनले पदबाट राजीनामा दिनुपर्ने एमालेको माग राख्दै आएको छ ।

सभामुख एमालेको विवादमा अन्य दललाई किन बोलाइएको भन्दे हिजो एमालेले बैठक वष्हिकार गरेको थियो । माधव नेपाल आउने कुनै पनि बैठकमा एमाले नआउने भन्दै एमालमेका प्रमुख सचेतक विशाल भट्टराईले बताएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर