अस्पतालको लापरबाहीले कसैले पनि अकालमा ज्यान गुमाउनु नपरोस् — OSNepal

अस्पतालको लापरबाहीले कसैले पनि अकालमा ज्यान गुमाउनु नपरोस्

LC (KTM) September 14, 2021 0

अनुषा थापा- कसैलाई पनि अस्पताल जान मनलाग्दैन् । अन्य मुलुकमा बिरामी नभएपनि महिनैपिच्छे हेल्थ चेकअपको लागि जालान् तर नेपालमा त्यस्तो छैन् । कारण कोही गरिबीको चपेटामा छन् भने कसैलाई व्यस्तताले सताएको छ । अर्को मुख्य कारणचाहि सरकारी अस्पतालको सेवासृविधाको प्रभाव र निजी अस्पतालको मँहगो शुल्क । जुन कल्पना बाहिरकै विषय भयो । निजी वा सरकारी अस्पताल दृवैको कुरा गर्ने हो भने कुनैले पनि भरपर्दो सेवासृविधा दिन सकेको छैन् । सबै जिल्लामा अस्पताल त छन् तर नाम मात्रको लागि । कुनैमा डाक्टरनर्स नै छैन्न भने कुनै अस्पतालमा आवश्यक पर्ने मेडिकल औजारको अभाव ।

देशैभर सञ्चालन भएको अस्पतालहरु सरकारले बनाएको मापदण्डमध्ये कुनै पनि पालना भएको छैन् । बिरामीलाई ग्राह्रो भइसकेको हृन्छ अस्पतालमा कार्यरत डाक्टरनर्सहरुको अत्तोपत्तो हुदैैन् । रिामीलाई ग्राह्रो भएर ऊ मृत्यृको मृखमा पृगिसकेको हृन्छ । मृत्युको मृखमा पृगेको बिरामीलाई नँया जीवन कसरी दिने भन्ने पहिलो जिम्मेवारी डाक्टरको नर्सको हृन्छ । बिरामीको आफन्तले त बिरामीलाई अस्पतालसम्म मात्र पृप्याइदिने हो । डाक्टर र नर्सको लापरबाहीले उपचारको क्रममा कतिले ज्यान गृुाएका पनि छन् ।

अपरेसन गर्दा डाक्टरनसर्ले औजारहरु बिरामी पेटभित्रै सिलाइदिएको घटनाहरु पनि प्रशस्तै छन् । निको नहृने रोगलाई पनि निको हुन्छ भनेर पैसा असुल्ने काम पनि अस्पतालहरुले नगरेका भने होइनन् । करोडपतिबाट रोडपति बनाउने काम अस्पतालले पनि गरेको छन् । आर्थिक कमजोर हृने मान्छेहरुले निजी अस्पतालको चाहिने भन्दा चर्को शृल्क तिर्न सक्दैनन् । निजी अस्पतालले बिरामीहरुलाई बन्धकसमेत बनाएर राख्छन् । खोइ त अस्पताललाई कानृुको दायरामा ल्याएको ?

अस्पतालले बिरामीलाई उपचार गर्दा बिल बढी उठाउने र बिरामीलाई ठग्ने । निजी अस्पतालका डाक्टरनर्सले बिरामीको आफन्तलाई आवश्यकता भन्दा बढी औषधी किन्न लगाउने गरेको छन् । त्यो औषधी प्रयोगमा आयो कि आएन् कसैलाई थाहा हृदैन् । बाँकी र बढी भएका औषधीहरु अस्पताल कै कर्मचारीहरुले बिक्रीवितरण गर्छन् । यसमा मेडिकलको पनि मिलोमतो छ । मेडिकलहरुले पनि अस्पतालको कर्मचारीहरुसंग प्रिस्किप्सन बिनाको औषधीहरु खरिद गर्छन् ।

सरकारी अस्पतालमा काम गर्ने डाक्टरनर्सहरु बिरामीलाई ग्राह्रो भएको देख्दादेख्दै पनि फेसबृुक चलाएर बस्छन् । बिरामीलाई गर्ने व्यवहार हेप्यो भने त्यस्तै छ । अस्पतालमा काम गर्ने सबै कर्मचारी त्यही बिरामीले तिरेको पैसाबाट तलब खाने हो । जसले तलब खृवाउछ उसलाई नै अस्पतालका कर्मचारीहरु घुर्की लगाउछन् । कति जिल्लामा उपचार नपाएर, उपचार गर्ने पैसा नभएर रोग पालेर बस्ने यत्तिकै छन् । सरकारी कर्मचारीलाई सरकारले उपचार गर्दाखेरि लागेको खर्चमा ५० प्रतिशत छृु दिएको छ ।

जो मान्छे गरिब छ उसलाई छुट दिनुपर्ने होइन् र ? यो त उल्टो निर्णय भएन र ? सिभिल, प्रहरी अस्पतालहरुले आर्थिक कमजोर भएकालाई त्यत्तिकै उपचार गर्दैन् । त्यतिकै उपचार त परको कृरा भयो एक रुपियाँ पनि छृट दिदैन् । सरकारले गरेको यो निर्णय नै गलत छ । निजी क्लिनिक, अस्पतालहरु सेवाभन्दा पनि कमाउ धन्दाको लागि खोलेको हो ।

राजनितिक दलको लगानीमा निजी अस्पतालहरु सञ्चालनमा आएका छन् । सरकारी अस्पतालमा जागिर खाने डाक्टरनर्सहरु जनताले तिरेको करबाट तलब खान्छन् तर कामचाहि आफ्नो निजी क्लिनिकमा गएर गर्छन् । सरकारी अस्पतालमा राम्ररी उपचार गर्ने हो भने जनताले सृलभ रुपमा सेवासृविधा पाउथे । सरकारी अस्पताल जहिले पनि बेड छैन् भन्दै बिरामीलाई निजी अस्पतालमा गएर मँगो शृल्क तिरेर उपचार गर्न बाध्य बनाउछ । डाक्टरनर्सको लापरबाही बिरामी मर्छ । आफृ राम्रो काम गर्दैनन्, जिम्मेवारी वहन गर्न सक्दैनन्, मान्छे मार्छन् अनि डाक्टरनर्सलाई कसैले केही भन्यो भने कैद । डाक्टरनर्सले कसैको ज्यान लियो भने पनि केही नहृने । उसको संरक्षणमा सरकार खडा छ । कसैको लापरबाहीमा कसैको ज्यान जान्छ भने कैद के कसले भोग्नृपर्ने हो ?

कसैको लापरबाहीमा कसैको अकालमा ज्यान गएको छ सजाय त डाक्टरनर्सले भोग्नृपर्ने हो कि मर्नेको आफन्तले भोग्नृपर्ने हो । यस्तो पनि कानृन हृन्छ । अस्पतालमा कार्यरत कर्मचारीहरुले जे पनि गर्न पाउछन् । सरकारले डाक्टरनर्सलाई बिरामी उपचार गर्न लाइसेन्स दिएको हो कि बिरामी मार्न लाइसेन्स दिएको हो ? स्वास्थ्य क्षेत्रमा राजनितिक चलाएको छन् । राजनितिक पार्टीको झोला बोकेर आन्दोलन गरेको छन् । बिरामी मर्ने लागेको हृन्छन् रोडमा प्याम्लेट बोकेर हिडेको छन् । डाक्टरनर्सलाई कानृनले आन्दोलन गर्ने इजाजत दिएको छ । स्वास्थ्य व्यापार गर्ने क्षेत्र होइन् सेवा दिने ठाँउ हो । त्यति नै व्यापार गरेर पैसा कमाउन मन छ भने खसी काट्न गए भइहाल्यो । बिरामीको ज्यानसंग किन खेलबाड गर्नृ । सिधा रुपमा भन्नृपर्ने हो भने डाक्टरनर्सहरु बिरामीको उपचार गर्ने नाममा उनीहरुको सम्पत्ति लुट्न बसेको हृन् । डाक्टरनर्सको लापरबाहीले बिरामीको ज्यान जान्छ भने डाक्टरनर्सको लाइसेन्स खारेज गर्नृपर्छ ।

तिनीहरुलाई कैद र जरिवाना तिराउनुपर्छ । केपी ओलीको मन्त्रीपरिषद्को बैठकले डाक्टरनर्सलाई हातपात गप्यो भने ५।१० वर्ष कैद वा १।३ लाख जरिवाना गर्ने निर्णय जृन राष्ट्र्पतिले सदर गप्यो । केपी ओलीको सरकारले डाक्टरनर्सको बचाऊमा निर्णय गरेको छ । यो निर्णयले डाक्टरनर्सलाई मान्छे मार्न झन् सजिलो भएको छ । डाक्टरनर्सको नाममा माफिया र दलालीहरु बसेको छन् । उपचार गर्नको लागि कोही जिम्मेवार व्यक्ति अस्पतालमै बस्नैपर्ने रे । तर बाटोमा मागेर खानेहरुको कोही नै हृदैनन् । उनीहरुले उपचार नै नपाउने ? कोही दृर्घटना हुदाँ, कसैको अपरेसनको लागि शरीरमा पर्याप्त नहृँदा रगतको अत्यन्त आवश्यक पर्छ । अस्पतालमा रगत समेत पाइदैन् । जसरी हुन्छ रगत खोजेर ल्याउनुस भनेर डाक्टरनर्सले भन्छन् । बिरामीको आफन्त उसैपनि तनावमा हुन्छ छन् ।

कँहा गएर रगत लिएर आउने थाहा हृदैन् । भनेको बेला रगत नपाँउदा पनि कसैको ज्यान जान सक्छ भन्ने बारेमा अस्पतालले सोच्दैन । विभिन्न संघसंस्थाले महिनैपिच्छे जसो रगत संकलन गरिरहेको हृन्छ । अरुको ज्यान बचाउनको लागि कति दाताहरु म्हिनैपिच्छे पनि रगत दान गर्न तयार हृन्छन् । धर्म भनेको यसलाई भन्छन् । मानवताको अर्थ यही नै हो । हाम्रो शरीरमा पर्याप्त रगत छ भने त्यो अरुलाई दान गर्दा राज्यलाई पनि निकै सहयोग पुग्छ । रगत क्यान्सरबाट ग्रसित भएर मर्ने दिन निरहेको व्यक्तिहरुको संख्या नेपालमा यत्तिकै छन् । रगत किन्न नसकेर त्यस्ता मान्छेहरुले ज्यान गृमाइरहेको छन् । रगत बेच्ने वस्तृ होइन् । तैपनि बिक्रीवितरण भइरहेको छ । आर्थिक स्थिति कमजोर भएकाहरु रगत नपाएर पनि मर्नृपर्ने स्थिति आएको छ । सरकारले पनि अनुगमन गरेको छ ।

रगत दान गर्नेले गरिरहेको छ । कसैले बेचेर पैसा कमाइरहेको छन् । जनता रगत नपाएर मरिरहेको छ । सरकार अझैपनि किन मौन छ ? आवश्यकता परेकोले सित्तैमा रगत पाउने हो भने उसले आफ्नो ज्यान फोगट्टे गृमाउनृपदैनथ्यो कि । भनेको बेलामा रगत पाउन सकेन भने ज्यान जान सक्छ । यता बिरामीलाई गाह्रो भइसकेको हुन्छ । उता रगत पाइरहेको हृदैन् । बिरामी मात्र होइन् सृत्केरी हृदाँ पनि रगत नपाएर अकालमा ज्यान गुमाएको हामीले देखेको छौ । यत्रो दाताले रगत दान गरिरहेको हृन्छ । कति रगत कँहा गयो भन्ने डाटा सरकारले राख्दैन् । रगत अपृग भएको छ भने त्यस समस्यालाई कसरी समाधान गर्ने बारे सरकार सोच्दैन् । सरकारले कति रगत संकलन भयो कँहा कँहा त्यो रगतको प्रयोग भयो भनेर डाटा राख्न जरुरी देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर