१५ हजार भन्दा बढी कार्यकर्ता सहभागी हुने भेलालाई सम्बोधन गर्न अध्यक्ष ओली बुटवल जाँदै — OSNepal

१५ हजार भन्दा बढी कार्यकर्ता सहभागी हुने भेलालाई सम्बोधन गर्न अध्यक्ष ओली बुटवल जाँदै

LC (KTM) September 14, 2021 0

काठमाडौं २९ भदौ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष तथा संसदीय दल नेता केपी शर्मा ओली भोलि बुधबार बुटवल जाने भएका छन् ।

रुपन्देहीमा आयोजना हुन लागेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्न ओली बुटवल जाने भएका हुन् । बुटवल एन्फा टेक्निकल सेन्टरको मैदानमा हुने भेलामा जिल्लाका १६ वटै स्थानीय तहका कार्यकर्ताको सहभागी हुने बताइएको छ ।

ओलीले सम्बोधन गर्ने उक्त अगुवा कार्यकर्ता भेला १५ हजारभन्दा बढी अगुवा कार्यकर्ता सहभागी हुने बताइएको छ । अध्यक्ष ओलीसँगै सभामा सहभागी हुन उपमहासचिवहरु विष्णु पौडेल र घनश्याम भुषाल पनि जाने भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर