तनहुँ समाज हङकङले गरे मिर्गौला खराब भएका युवकलाई चार लाख सहयोग — OSNepal

तनहुँ समाज हङकङले गरे मिर्गौला खराब भएका युवकलाई चार लाख सहयोग

LC (KTM) September 14, 2021 0

तनहुँ, २९ भदौ – तनहुँ समाज हङकङले दुबै मिर्गौला खराब भएका दुई युवकलाई रु चार लाख ५६ हजार सहयोग गरेको छ । समाजले ऋषिङ गाउँपालिका–८ पल्ट्याङका ३६ वर्षीय खिमबहादुर नेपाली र सोही ठाउँका ४१ वर्षीय लुमबहादुर रिलामीलाई आर्थिक सहयोग गरेको हो । समाजले नेपालीलाई रु दुई लाख ७४ हजार र रिलामीलाई रु एक लाख ८२ हजार हस्तान्तरण गरेको छ । नेपाली दश महिनादेखि तथा रिलामी पाँच वर्षदेखि मिर्गौलाबाट पीडित हुनुहुन्छ । नेपालीको पोखरा र रिलामीको दमौली अस्पतालमा उपचार भइरहेको तनहुँ समाज हङकङका पूर्वअध्यक्ष भीमराज गुरुङले जानकारी दिनुभयो । दुबै पीडितलाई भेटेर उक्त रकम हस्तान्तरण गरिएको हो ।

यस्तै नेपालीलाई साउदी अरबमा कार्यरत नेपालीले रु एक लाख सङ्कलन गरी हस्तान्तरण गरिएको छ । मिर्गौला प्रत्यारोपण गर्न कम्तीमा रु पन्ध्र लाख खर्च हुने नेपालीकी श्रीमती चन्द्रा नेपालीले जानकारी दिनुभयो । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर