बादलको यो 'बादल' लागेको दिन,भए यता न उता ! — OSNepal

बादलको यो ‘बादल’ लागेको दिन,भए यता न उता !

LC (KTM) May 20, 2021 0

काठमाडौँ ६ जेठ । नेकपा एमालेका नेता रामबहादुर थापा बादललाई आज सर्वोच्चले जस्तै आफ्नै पार्टीका सदस्यहरुले पनि कडा झड्का दिएका छन् । पुर्व माओवादी केन्द्र छाडी नेकपा एमाले प्रवेश गरेसँगै सांसद पद गएको बादललाई पार्टीका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले ६ महिनाको लागि भन्दै गृहमन्त्री बनाएका थिए ।

तर, सर्वोच्चमा परेको रिटमा आज प्रधान्यायाधिश चोलेन्द्र शमशेरको एक इजलासले सुनुवाई गर्दै सांसस पद गुमाए बादलसहित सात मन्त्रीको मन्त्रीपद रिक्त गरेको छ । त्यस्त,ै आज राष्ट्रिय सभा सदस्यको लागि भएको उपनिवार्चनमा पनि बादलले हारेका छन् । पार्टीको एकता हुनु अगावै माधव नेपाल सुमहका स्वतन्त्र उम्मेदवारका रुपमा चुनावी मैदानमा उत्रिएका डा खिमलाल देवकोटालाई नेपाल सहित नेपाली कांग्रेस , जनता समावादी पार्टी , माओवादी केन्द्रको समर्थन रहेको थियो भने यता बादललाई भने ओली सुमह र राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको मात्र साथ थियो ।

ओलीका विश्वास पात्र बादललाई पनि ओलीले संसदमा पाएको विश्वासको मत जस्तै भयो । तेस्रो पटक प्रधानमन्त्री बनेका ओलीले अब संसदमा विश्वासको मत लिनेदिन नजिकै आउँदा ओलीलाई समेत झड्का पुगेको छ । माओवादी केन्द्र नजानुहोस् म तपाईलाई हेर्छु भन्दै अगाडी बढाएका बादलको आज यता न उताका भएका छन् । ओली आफै आफ्नो पद टिकाउन लागि परेका छन् । यो पटक पनि ओलीलाई विपक्षी दलले मत नदिने राणनिती बनाइसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर