राष्ट्रवादलाई आधार बनाएर प्रजातन्त्रलाई प्राप्त गर्ने कांग्रेसको अभय इतिहास किन कुण्ठामा परिवर्तन भएका छन् ? : मिश्र — OSNepal

राष्ट्रवादलाई आधार बनाएर प्रजातन्त्रलाई प्राप्त गर्ने कांग्रेसको अभय इतिहास किन कुण्ठामा परिवर्तन भएका छन् ? : मिश्र

LC (KTM) September 14, 2021 0

काठमाडौं २९ भदौ । विवेकशील सझा पार्टीकाअ अध्यक्ष रवीन्द्र मिश्रले राष्ट्रवादलाई आधार बनाएर प्रजातन्त्रलाई प्राप्त गर्ने कांग्रेसको अभय इतिहास किन कुण्ठामा परिवर्तन भएका भन्दै प्रश्न गरेका छन् ।

नेता मिश्रले सामाजिक सञ्जाल मार्फत राष्ट्रवादी सोच र अभिव्यक्तिमाथि नेपालमा यतिविघ्न प्रहार इतिहासमा कहिल्यै नभएको भन्दै कांग्रेस सरकारलाई प्रश्न गरेका हुन् ।

राष्ट्रवादलाई आधार बनाएर प्रजातन्त्रलाई प्राप्त गर्ने कांग्रेसको त्यो इतिहास आज आएर कुण्ठामा परिर्वतन भएको उनको तर्क रहेको छ ।

उनले भनेका छन् , ‘अब के गर्ने ? नबोल्ने ?
राष्ट्रवादी सोच र अभिव्यक्तिमाथि नेपालमा यतिविघ्न प्रहार इतिहासमा कहिल्यै भएन…राष्ट्रवादलाई आधार बनाएर प्रजातन्त्रलाई प्राप्त गर्ने कांग्रेसको अभय इतिहास किन कुण्ठामा परिवर्तन भएका छन् ?’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर