एमालेको संसद अवरोधका कारण अब केहि दिन सरकारले खर्च गर्न नपाउने — OSNepal

एमालेको संसद अवरोधका कारण अब केहि दिन सरकारले खर्च गर्न नपाउने

LC (KTM) September 14, 2021 0

काठमाडौँ २९ भदौ । अघिल्लो सरकारले ल्याएको बजेट अध्यादेश भदौ ३० गते स्मम संसद पारित नहुने भएपछि अब केहि दिन सरकारले खर्च गर्न नपाउने भएको छ ।
बजेट ल्याएको ६० दिनभित्र संसद मा पेश हुनुपर्ने भएपनि प्रतिपक्षी नेकपा एमालेको अवरोध पश्चात आजको संसद बैठक पनि स्थगित भएको छ अब अर्को बैठक असोज ४ गते मात्र बस्ने भएको छ ।

संसद बैठक पछि बाहिरिने क्रममा प्रधानमन्त्री शेरबहादुर देउवालाई अब सरकार खर्च विना सरकरा कसरी चल्छ भन्ने पत्रकारहरुको प्रश्नमा उनले हिजो जसरी चल्याथ्यो, त्यसैगरी ।’चल्छ भनेर जवाफ दिएका छन् ।

अबको केहि दिन खर्च गर्न कठिम भएपनि नियमित प्रक्रियाबाट नै बजेट पारित हुने अर्थमन्त्री जनार्दन शर्माले जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर