प्रतिस्थापन विधेयक पारित नहुँदा ५-७ दिन सरकारी खर्च रोकिए पनि कर उठाउने विशेष व्यवस्था छ : अर्थमन्त्री शर्मा — OSNepal

प्रतिस्थापन विधेयक पारित नहुँदा ५-७ दिन सरकारी खर्च रोकिए पनि कर उठाउने विशेष व्यवस्था छ : अर्थमन्त्री शर्मा

LC (KTM) September 14, 2021 0

काठमाडौं २९ भदौ । जनार्दन शर्माले प्रतिस्थापन विधेयक पारित नहुँदा ५-७ दिन सरकारी खर्च रोकिन सक्ने बताएका छन् । आज बसेको संसद बैठकमा पनि नेकपा एमालेले अवरोध गरेपछि बैठक स्थगित भएको थियो ।

अघिल्लो सरकारले ल्याएको बजेट अध्यादेश भदौ ३० गते अथार्त ६० दिन सम्म संसद पारित नहुने भएपछि सरकारी खचए रोकिने भएको हो ।

बैठक पछि पत्रकाहरुसँग बोल्दै शर्माले भने, ‘सहमति भए सहमतिअनुसार पारित गर्छौं । सहमति नभए नियमित प्रक्रिया पूरा गर्छौं । पारित गर्नका लागि केही समय ग्याप रह्यो भने केही समय खर्च गर्न नसक्ने पनि हुन सक्छ । वार्ता संवादबाट कोसिस चलिरहेको छ’ ।

खर्च रोकिए पनि केहि असर नपर्ने बताएका उनले कर उठाउने विशेष व्यवस्था भएकाले त्यसैअनुसार कर उठ्छ । केही समयका लागि ५-७ दिन रोकिन पनि सक्ने बताएका हुन् । हाल अर्थमन्त्रीले ल्याएको प्रतिस्थापन विधेयक संसदमा विचारधीन अवस्थामा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर