गुल्मी मदानेका सात वर्षीय बालकले पाँचौँ दिनमा जिते कोरोना — OSNepal

गुल्मी मदानेका सात वर्षीय बालकले पाँचौँ दिनमा जिते कोरोना

LC (KTM) May 09, 2021 0

तम्घास, २६ वैशाख गुल्मीको मदाने गाउँपालिकाले सञ्चालन गरेको कोभिड–१९ विशेष अस्पतालमा सात वर्षीय बालकले कोरोना जितेका छ । मदाने–१ अग्लुङका सात वर्षीय बालक राजेश राउतले गाउँकै अस्थायी कोभिड अस्पतालमा कोरोनालाई जितेका हुन् । उनलाई श्वास फेर्न गाह्रो हुने र ज्वरो आएपछि अभिभावकले वैशाख २० गते स्वास्थ्यचौकी लगेका थिए । स्वास्थ्यकर्मीले कोरोनाको आशङ्कामा एन्टिजेन परीक्षण गर्दा कोरोना पोजिटिभ देखिएको थियो ।

सोही दिन नै उनलाई गाउँपालिकाले वडा नं ४ म्यालपोखरीमा सञ्चालन गरेको अस्थायी कोभिड अस्पतालमा भर्ना गरी गाउँपालिकाले खरिद गरेको अक्सिजन दिइएको थियो । अन्य भिटामिनको सहायताले कोरोना निको भई पाँचौँ दिनमा उनलाई शनिबार साँझ डिस्चार्ज गरिएको गाउँपालिकाका स्वास्थ्य संयोजक तीर्थराज पन्थीले बताउनुभयो ।

कोरोना सङ्क्रमितको उपचारका लागि म्यालपोखरीमा १० शय्याको अस्थायी कोभिड–१९ विशेष अस्पताल बनाइएको छ । अस्पतालमा तीन अक्सिजन प्लान्ट र छ अक्सिजन सिलिण्डर छन् । पालिकाले सञ्चालन गरेको अस्थायी कोभिड अस्पतालबाटै कोरोना जितेको जिल्लामा पहिलोपटक हो ।(रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर