एमालेका सांसदको अवरोधका कारण लुम्बिनी प्रदेशसभाको बैठक आज पनि स्थगित — OSNepal

एमालेका सांसदको अवरोधका कारण लुम्बिनी प्रदेशसभाको बैठक आज पनि स्थगित

LC (KTM) September 14, 2021 0

रुपन्देही, २९ भदौ – लुम्बिनी प्रदेशसभाको बैठक फेरि स्थगन भएको छ । प्रदेशसभा सचिवालयले बुधबारका लागि बोलाइएको नवौँ अधिवेशनको पाँचौँ बैठक सभामुखको निर्देशनमा आज सूचना टाँसेर स्थगित भएको जानकारी गराएको छ ।

अर्को बैठक यही भदौ ३१ गते बिहीबार दिनको १ बजे बस्ने प्रदेशसभा सचिवालयले जनाएको छ । यसअघि प्रतिपक्षी दल नेकपा एमालेको निरन्तर अवरोधका कारण प्रदेशसभा बैठक लगातार दुई पटक स्थगन भइसकेको छ । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर