आफैँले स्थापित गरेको कानूनअनुसार चल्न सभामुख सापकोटालाई नेम्वाङको अनुरोध — OSNepal

आफैँले स्थापित गरेको कानूनअनुसार चल्न सभामुख सापकोटालाई नेम्वाङको अनुरोध

LC (KTM) September 14, 2021 0

काठमाडौँ, २९ भदौ प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले आफैँले स्थापित गरेको अभ्यास र कानूनअनुसार चल्न सभामुख अग्निप्रसाद सापकोटालाई अनुरोध गर्नुभएको छ ।

पार्टीका नेता कसलाई कारबाही गर्न हुन्छ र कसलाई कारबाही गर्न हुँदैन भन्ने कुरा सभामुखको अधिकार क्षेत्रभित्र नभएको जिकिर गर्दै उपनेता नेम्वाङले सभामुखले कसैप्रति भेदभाव गर्न नहुनेमा जोड दिनुभयो । नेकपा (एमाले) ले पार्टीको ह्वीप उल्लङ्घन गर्ने १४ सांसदलाई पदमुक्त नगरेको भन्दै संसद् बैठक अवरोध गर्दै आएको छ ।प्रतिनिधिसभाको आजको बैठकपछि पत्रकारसँग संक्षिप्त कुरा गर्दै नेता नेम्वाङले सभामुखलाई स्थापित अभ्यासबमोजिम चल्न आग्रह गर्नुभयो ।(रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर