कतारले प्रष्ट सम्झौता विना काबुल विमानस्थलको जिम्मेवारी नलिने — OSNepal

कतारले प्रष्ट सम्झौता विना काबुल विमानस्थलको जिम्मेवारी नलिने

LC (KTM) September 14, 2021 0

दोहा, भदौ २९ – कतारले तालिबानलगायत सबै संलग्न पक्षहरूसँग “स्पष्ट” सम्झौता विना काबुल एयरपोर्टको जिम्मेवारी नलिने जनाएको छ। यहाँका विदेश मन्त्री शेख मोहम्मद बिन अब्दलरहमान अल थानीले मङ्गलवार एक पत्रकार सम्मेलनमा सबै कुराको प्रष्टता र सुनिश्चितता नभई विमानस्थलको सञ्चालन बारे जिम्मेवारी नलिने घोषणा गर्नु भएको छ।

भारतीय प्रधानमन्त्री मोदी अर्को हप्ता अमेरिका जाने-२९ भदौ (रासस÷एएनआई) ः भारतका प्रधानमन्त्री नरेन्द्र मोदी अर्को हप्ता अमेरिका भ्रमणमा जानुहुने भएको छ । भ्रमणका क्रममा उहाँले अमेरिकी राष्ट्रपति जो बाइडेनसँगै अन्य विभिन्न प्रभावशाली मुलुकका नेताहरुसँग पनि भेटवार्ता गर्नुहुने भएको छ ।

क्वाद सम्मेलनमा सहभागी हुन मोदीसँगै अन्य विभिन्न देशका नेताहरु पनि अमेरिका जानुहुने र त्यही बेलामा उहाँहरुका बीचमा भेटवार्ता हुने भएको हो । सम्मेलनका लागि अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसन, जापानका प्रधानमन्त्री योशिहिडे सुगा पनि अमेरिका जानुहुने भएको जनाइएको छ ।

अमेरिकाको वासिङ्टन डिसीमा हुने सम्मेलनका लागि आएका विदेशी पाहुनाहरुलाई अमेरिकी राष्ट्रपति बाइडेनले स्वागत गर्नुहुने तालिका सार्वजनिक गरिएको छ । यही सेप्टेम्बर २४ तारिखका दिन हुने सम्मेलनमा नेताहरुले क्षेत्रीय तथा अन्तर्राष्ट्रिय मामिलामा आफ्नो देशको चासो दर्शाउने जनाइएको छ ।

त्यसैगरी गत मार्च १२ मा भएको पहिलो भर्चुअल सम्मेलनका निर्णयहरुको कार्यान्वयनको अवस्थाका बारेमा समिक्षा पनि बैठकमा हुने जनाइएको छ । विश्वलाई नै प्रभावित पारेको कोरोनाभाइरसको महामारी, त्यसले पारेको प्रभाव र त्यसका लागि आफूहरुले गर्नुपर्ने योगदानका बारेमा पनि छलफल हुने समाचारमा जनाइएको छ । ( रासस-एएफपी)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर