काबुलमा तालिवानको आतंक जारी , ६ महिनाकी बच्चाकी आमा लाई घर बाट घिर्सादै सडकमा निकालेर गोली हानी हत्या — OSNepal

काबुलमा तालिवानको आतंक जारी , ६ महिनाकी बच्चाकी आमा लाई घर बाट घिर्सादै सडकमा निकालेर गोली हानी हत्या

LC (KTM) September 14, 2021 0

अफगानिस्तानको तालिवानले सत्ता नियन्त्रणमा लिएपछि त्यहाको अवस्था दिन प्रतिदिन बिग्रदो अवस्थामा रहेको छ । त्यहाँ महिलाको अवस्था एकदमै जर्जर र खराब हुदै गएको छ । महिला लाई अनेक प्रतिबन्धहरु लगाइएको छ ।

यस्तो अवस्थामा आफ्नो अधिकारको लागि मार्च पासमा उत्रिएका सयौ महिलाहरु मध्ये केही दिन अघि एक ३ वटा बच्चाकी आमालाई एकदमै नराम्रो संग हत्या गरेका छन् । ३० बर्षकी महिला फरवा तालिवानको मार्ने धम्किका बाबजुद बिरोध गर्न लागि सडकमा उत्रिएकी थिईन् ।

बिरोधमा निस्किएको २ दिन पछि तालिवानको लडाकुले उनको एकदमै बर्बरता पुर्वक हत्या गरि दिएका छन् । उनलाई एकदमै क्रुर तवरले हत्या गरिएको द गार्जियनले जनाएको छ ।उनी घरमै आफ्नो ६ महिनाको बच्चा संग रहेको बेला तालिवानले उनलाई जबरजस्ती समाएको थियो ।

उनीे गुहार माग्दै बाहिर निस्किएकी थिईन । उनको पछि पछि ३ बर्षको नानी पनि दौडदै गईरहेको बेला उनको आमालाई तालिवानले सडकमा लगेर नृशंस हत्या गरिदिएका छन् । तालिवानको यस्तो हर्कतका कारण त्यहाँको नागरिकहरु देश छोड्न बाध्य भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर