प्रतिनिधिसभाको अधिवेशन जेठ ९ गते — OSNepal

प्रतिनिधिसभाको अधिवेशन जेठ ९ गते

LC (KTM) May 20, 2021 0

काठमाडौं ६ जेठ । आज बसेको मन्त्रिपरिषद्को बैठकले प्रतिनिधिसभाको नियमित अधिवेशन जेठ ९ गते बोलाउने निणर्य गरेको छ । बैठकमा सहभागी भएका कानुन, न्याय तथा संसदीय मामिला मन्त्री लिलानाथ श्रेष्ठले दिएको जानकारी अनुसार जेठ ९ गते अधिवेशन बोलाउन राष्ट्रपति विद्यादेवी भण्डारीलाई सिफारिस गर्ने निणर्य बैठकमा भएको छ ।

‘अब यो विश्वासको मत के लिइराख्ने भनेर प्रधानमन्त्रीजीले भन्नुभयो । एकैचोटी संविधानको धारा ७६ उपधारा ५ मा जाने सिफारिस गरेको छ,’ मन्त्री श्रेष्ठले ।

संविधानको धारा ७६ को उपधारा ५ मा लेखिएको छ, ‘उपधारा (३) बमोजिम नियुक्त प्रधानमन्त्रीले उपधारा (४) बमोजिम विश्वासको मत प्राप्त गर्न नसकेमा उपधारा (२)बमोजिमको कुनै सदस्यले प्रतिनिधि सभामा विश्वासको मत प्राप्त गर्न सक्ने आधार प्रस्तुत गरेमा राष्ट्रपतिले त्यस्तो सदस्यलाई प्रधानमन्त्री नियुक्त गर्नेछ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर