ओलीले विश्वासको मत नलिने भनेपछि... जसपा — OSNepal

ओलीले विश्वासको मत नलिने भनेपछि… जसपा

LC (KTM) May 20, 2021 0

काठमाडौँ ६ जेठ । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेका छन् ।

आज बसेको मन्त्रिपरिषद्को बैठकमा संसद अब विश्वासको मत नलिने भनेपछि जसपाका अध्यक्ष ठाकुर र नेता महतो बालुवाटार हानिएका हुन् । ओलीले आजको मन्त्रिपरिषद्को बैठकमा विश्वासको मत नलिई सिधै संविधानको धारा ७६(५) अनुसारको सरकार गठनका गर्ने बताएका थिए ।

संविधानको धारा ७६ को उपधारा ५ मा लेखिएको छ, ‘उपधारा (३) बमोजिम नियुक्त प्रधानमन्त्रीले उपधारा (४) बमोजिम विश्वासको मत प्राप्त गर्न नसकेमा उपधारा (२) बमोजिमको कुनै सदस्यले प्रतिनिधि सभामा विश्वासको मत प्राप्त गर्न सक्ने आधार प्रस्तुत गरेमा राष्ट्रपतिले त्यस्तो सदस्यलाई प्रधानमन्त्री नियुक्त गर्नेछ ‘।

यता आफ्नै पार्टीको नेतृत्वमा मात्र सरकारमा जाने भन्दै आएको जसपा ओलीसँग मिलेर सरकार चलाउन नजाने निणर्य गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर