राष्ट्रपति भण्डारीबाट कोभिड-१९ र शपथसम्बन्धि दुई अध्यादेश जारी — OSNepal

राष्ट्रपति भण्डारीबाट कोभिड-१९ र शपथसम्बन्धि दुई अध्यादेश जारी

LC (KTM) May 20, 2021 0

काठमाडौँ ६ जेठ । राष्ट्रपति विद्यादेवी भण्डारीले कोभिड १९ कोरोना भाइरस सम्बन्धि र शपथसम्बन्धि गरेर दुई अध्यादेश जारी गरेकी छन् । राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवराज घिमिरेले एक विज्ञप्ती जारी गर्दै राष्ट्रपति भण्डारीबाट आज साँझ दुई अध्यादेश जारी गरिएको जानकारी दिएका हुन् ।

राष्ट्रपति भण्डारीले शपथसम्बन्धि अध्यादेश २०७८ र कोभिड १९ संकट व्यवस्थापन अध्यादेश २०७८ जारी गरेकी हुन् ।

संविधानको धारा ११४ को उपधार १ बमोजिम नेपाल सरकार र मन्त्रिपरिषद्को सिफारिसमा दुई अध्यादेश जारी गरिएको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर