शन्तिले दिइन् एनआरएनए एनसिसी युएसएको बोर्ड अफ डाइरेक्टर पदका लागि उम्मेद्धवारी — OSNepal

शन्तिले दिइन् एनआरएनए एनसिसी युएसएको बोर्ड अफ डाइरेक्टर पदका लागि उम्मेद्धवारी

LC (KTM) May 09, 2021 0

काठमाडौँ । प्रवासी नेपालीहरुको साझा संगठन गैर आवासिय नेपाली संघ एनआरएनए एनसिसी युएसएको बोर्ड अफ डाइरेक्टर पदका लागि शान्ति वाग्ले पौड्यालले उम्मेद्धवारी दिएकी छिन् । ओएस नेपालसँगको कुराकानीका क्रममा शान्तिले मे २९ र ३० तारिखमा हुने निर्वाचनका लागि उनले आफ्नो सम्पूर्ण तयारी पूरा भइसकेको उल्लेख गर्दै भनिन् लामो समयदेखिको समाजसेवा र कामको अनुभवले पनि मैले एनआरएनए एनसिसी युएसएको बोर्ड अफ डाइरेक्टर पदका लागि उम्मेद्धवारी दिने निर्णयमा पुगेकी हुँ ।

एनआरएनएमा महिला सहभागीता न्यून रहेको उल्लेख गर्दै शान्तिले भनिन् ‘महिलाहरुलाई एनआरएनएमाआर्कषित गर्नमा आँफुले सक्दो प्रयास गर्नेछु । ‘ करिब साडे २ दशकदेखि उत्तरी क्यार्लिफोनियाको डेबिसमा बस्दै आएकी शान्ति सामाजिक काममा पनि औधि सक्रिय समाजसेवीका रुपमा परिचित छन् । तनहुको थप्रेकमा जन्मे हुर्केकी शान्तिले सुन्दर नगरी पोखराबाट उच्च शिक्षा हाँसिल गरे लगत्तै उनी अमेरिका हानिइन् । सामाजिक काम भनेपछि हुरुक्कै हुने शान्ति घर गाउँमा नै बाल्यकालदेखि नै सक्रिय थिइन् । पोखरा पुगेपछि त्यो क्रमले अझै गति लियो । अहिले अमेरिकमा उनको दिनचर्या नै सहयोग, सत्कर्म र एनआरएनएकै सिलसिलामा बित्ने गरेको उनी बताउँछिन् ।

२ वर्षका लागि एनआरएनए एनसिसी युएसएको बोर्ड अफ डाइरेक्टर पदका लागि आँफु महिलाहरुका समस्या र चुनौतीका विषयलाई क्रमिक रुपमा उठाउँदै जाने प्रतिवद्धता ब्यक्त गरिन् । हाल एनआरएनएमा महिला सहभागीता अत्यन्त न्यून भएको र महिलाहरु एनआरएनएमा आउन त्यति रुचि नदेखाउने, घर र काममा मात्रै ब्यस्त हुने परिपाटीलाई भने उनले आफ्नै कार्यकालमा केही परिवर्तन गरेर देखाउने बताइन् । आउँदो निर्वाचनलाई शान्तिले अवसर र चुनौतीका रुपमा पनि लिएको बताउँदै आँफुले निर्वाचन जित्नेमा विश्वस्त रहेको बताइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर