सिताके च्याउ खेतीमा रमाउँदै पोखराका पूर्णबहादुर — OSNepal

सिताके च्याउ खेतीमा रमाउँदै पोखराका पूर्णबहादुर

LC (KTM) September 15, 2021 0

पोखरा महानगरपालिका– २१ रान्नीगाउँका कृषक पूर्णबहादुर थापा आफूले मुडामा लगाएको सिताके च्याउ खेतीबारे जानकारी दिँदै ।

बागलुङका पुराना व्यवसायी सम्मानित-नेपाल राष्ट्रिय उद्योग व्यापार सङ्गठन बागलुङले यहाँका दुई व्यवसायीलाई सम्मान गरेको छ । सङ्गठनको दोस्रो जिल्ला अधिवेशनका अवसरमा मङ्गलबार पुराना व्यवसायी लालचन्द्र राजभण्डारी र रतनप्रसाद मलेपती सम्मानित हुनुभएको हो ।

अधिवेशनको उद्घाटन समारोहमा सङ्ठनका केन्द्रीय अध्यक्ष श्यामबहादुर पाठक र जिल्ला अध्यक्ष राजबहादुर थापाले उहाँहरुलाई संयुक्त रुपमा दोसल्ला र सम्मानपत्र प्रदान गर्नुभएको थियो । राजभण्डारी सङ्गठनका संस्थापक अध्यक्ष र मलेपती पूर्वअध्यक्ष एवं केन्द्रीय सदस्य हुनुहुन्छ । राजण्डारी विगत ५५ वर्षदेखि पुस्तक तथा स्टेशनरी व्यवसायमा सक्रिय हुनुहुन्छ भने मलेपतीको खाद्यान्न पसल छ । सङ्गठन र व्यवसायिक क्षेत्रको प्रर्वद्धनमा टेवा पु¥याए बापत उहाँहरुलाई सम्मान गरिएको जिल्ला अध्यक्ष थापाले बताउनुभयो ।

सम्मान ग्रहणपछि बोल्दै व्यवसायी राजभण्डारीले कठिन स्थितिमा जन्मेको सङ्गठन यहाँसम्म आइपुगेको स्मरण गर्नुभयो । उहाँले सही विचार र दृष्टिकोणले व्यावसायिक क्षेत्रलाई पनि दिशानिर्देश गर्ने हुँदा आफू त्यसबेला सङ्गठनमा आबद्ध भएको उल्लेख गर्नुभयो ।

सो अवसरमा सङ्गठनका केन्द्रीय अध्यक्ष पाठकले राष्ट्रिय अर्थतन्त्र सुदृढ नभएसम्म मुलुक समृद्ध बन्न नसक्ने बताउनुभयो । अधिवेशनले मुकेशचन्द्र राजभण्डारीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । उपाध्यक्षमा गगन पुन, कौशिला घर्ती, सुरज विक र प्रकाश शर्मा चयन हुनुभएको छ । यस्तै महासचिवमा गोकुल कँडेल, सचिवमा प्रकाश रखाल, सह–सचिवमा तुलसी नारायण भारी, कोषाध्यक्षमा मनकाजी विक, सह–कोषाध्यक्षमा नर वहादुर केसी रहनुभएको छ ।

सदस्यमा कमला पुन, नरकुमार गौतम, गीता खड्का, राजु खड्का, गोविन्द सुवेदी, अजय मलेपती, तिल खत्री, जंगबहादुर राना, टेक बहादुर राना र हिदायत हुसेन रहनुभएको जनाइएको छ । अधिवेशनबाट महिला उप–समितिसमेत गठन भएको छ । समितिका संयोजकमा ललिता थापा, सदस्यमा नरमाया पुन र सम्झाना श्रेष्ठ रहनुभएको छ ।

सल्लाहकार समितिमा लालचन्द्र राजभण्डारी, रतन मलेपती, ईश्वर मलेपती, अनुप श्रेष्ठ, अर्जुन चोखाल, बद्री सापकोटा, बद्री शर्मा, मनोविज्ञान श्रेष्ठ र निर्मलबहादुर श्रेष्ठ रहनुभएको छ । विसं २०६४ मा स्थापित सङ्गठन व्यवसायीको हकहितका पक्षमा क्रियाशील छ । जिल्लाका दश वटै स्थानीय तहमा यसका एकाइहरु छन् । सातसय बढी व्यवसायी सङ्गठनमा आबद्ध रहेको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर